१५ बैशाख २०८१, शनिबार

देशभर १६ जनामा कोरोना संक्रमण, ९ जना निको


नेपालमा कोरोना

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ । विगत २४ घण्टामा ९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या ९ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ ।

आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !