८ जेष्ठ २०८१, मंगलबार

देशभर ३३४२ मा परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३३४२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५८ रहेको छ ।

पछिल्लो समय थप ४४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार २०४ पुगेको छ । निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी, पछिल्लो समय ६१ हजार २७८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको छ । अहिले होम आइसोलेसनमा ४५५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २४, आइसियुमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !