१९ जेष्ठ २०८१, शनिबार

देशभर थप ४५ जनामा कोरोना पुष्टि, १४७ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २९७८ जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र १७७४ जनामा एन्टीजेन परिक्षण गर्दा ४ जनागरी जम्मा ४७५२* नमुनाको परीक्षण गर्दा ४५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६३ हजार १११ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५५ लाख ८ हजार ८२४ पिसिआर परीक्षण भएको छ भने ११ लाख १३ हजार ९९ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ३ हजार १३५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८७ लाख ६१३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८७ लाख ४८ हजार ५४५ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १८ लाख ६८ हजार ११७ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ९३ लाख १७ हजार २७५ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !