काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५१३३ जनामा पिसिआर परिक्षण गर्दा २७५ जना र ३९५८ जनामा एन्टीजेन परिक्षण गर्दा १६२ जना गरी जम्मा ९०९१* नमुनाको परीक्षण गर्दा ४३७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४५४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ४८ हजार ७८४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९१३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ६८ जना, ललितपुर जिल्लामा १९ जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ५३ लाख ६९ हजार ६६४ पिसिआर परीक्षण भएको छ भने १० लाख ३२ हजार १९७ एन्टीजेन परीक्षण गरिएको छ भने १०९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म १ करोड ८३ लाख २६ हजार ९४३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ६९ लाख ९ हजार ६२६ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै ८ लाख ४२ हजार ५९० जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ६० लाख ७९ हजार १५९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।
*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।