८ पुस २०८१, सोमबार

देशभर १०२५४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४६२ जनामा पिसिआर परिक्षण गर्दा ८२१२ जना र ५७२५ जनामा एन्टीजेन परिक्षण गर्दा २०४२ जना गरी १०२५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख २० हजार २८३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३७६२ जना, ललितपुर जिल्लामा १११० जना र भक्तपुर जिल्लामा ४३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५१ लाख ८ हजार २८५ पिसिआर परीक्षण भएको छ भने ९ लाख १८ हजार २२ एन्टीजेन परीक्षण गरिएको छ भने १४९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६२ लाख ४२ हजार ४५६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड २८ लाख ७० हजार ८६७ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १ लाख ४२ हजार ५८९ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा २ करोड ९१ लाख ४३ हजार ८१६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !