१४ बैशाख २०८१, शुक्रबार

एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि


विष्णुप्रसाद पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज शनिबार सामाजिक ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

ट्वीटरमा लेख्दै उनले परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्य लाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भएको बताएका छन् । हिजो शुक्रबार मात्र एमाले महासचिव शंकर पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ लगायत कोरोना संक्रमित भएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !