८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकाका सिडीओद्वारा आज रातीदेखि लागू हुनेगरी नयाँ आदेश जारी (आदेशसहित)


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकाका भक्तपुर ललितपुर र काठमाडौं जिल्ला प्रशासनको आज सबेको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको छ ।

मंगलबार बसेको बैठकले १८ वटा बुँदामा गरिएको आदेश मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !