७ मंसिर २०८१, शुक्रबार

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण


नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

श्रेष्‍ठलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेनमा बसेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै श्रेष्‍ठले आफ्नो भोतिक सम्पर्कमा आएकाहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु । कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !