६ जेष्ठ २०८१, आइतबार

देशभर आज थप २१६ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५९६२ जनामा पिसिआर परिक्षण गर्दा २१३ जना र १६६९ जनामा एन्टीजेन परिक्षण गर्दा ३ जना गरी २१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १२ हजार ४१९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५९६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११८ जना, ललितपुर जिल्लामा १३ जना र भक्तपुर जिल्लामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख ७० हजार ३२४ पिसिआर परीक्षण भएको छ भने ८ लाख ३१ हजार ६१९ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ४१ लाख १८ हजार २७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ४ लाख ९६ हजार ४०१ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ४६ लाख १४ हजार ४३६ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !