१५ जेष्ठ २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा देशभर थप ३८२ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५००७ जनामा पिसिआर परिक्षण गर्दा ३४२ जना तथा हिजो र आज १५९५२ जनामा एन्टीजेन परिक्षण गर्दा ४० जना गरी ३८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १२ हजार २१० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११५९४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २४४ जना, ललितपुर जिल्लामा ३२ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख ६४ हजार ३६२ पिसिआर परीक्षण भएको छ भने ८ लाख २९ हजार ९५० एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ४० लाख ३६ हजार ६६१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ३ लाख ८४ हजार ८५१ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ४४ लाख २१ हजार ५१२ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !