८ जेष्ठ २०८१, मंगलबार

देशभर थप २०५ जनामा कोरोना पुष्टि, ४३६ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७९९५ जनामा पिसिआर परिक्षण गर्दा २०० जना र २७५२ जनामा एन्टीजेन परिक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ४ हजार ५४४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५४१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६३ जना, ललितपुर जिल्लामा ३४ जना र भक्तपुर जिल्लामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४६ लाख ६२ हजार ६८० पिसिआर परीक्षण भएको छ भने ७ लाख ४२ हजार २०४ एन्टीजेन परीक्षण गरिएको छ भने ९७ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ६ हजार ५०७ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड ३ लाख ५२ हजार ८४५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८६ लाख ९७ हजार ९८९ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ९० लाख ५० हजार ८३४ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !