७ बैशाख २०८१, शुक्रबार

कोरोना पुष्टि भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि प्रधानन्यायाधीश जबरा आज सोमबार अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उनी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् ।

स्रोतका अनुसार आइतबारदेखि नै उनलाई खोकी लागिरहेको थियो । उनको सोमबार विहान मात्र पिसीआरका लागि स्वाब दिएका थिए । उनलाई निमोनिया समेत देखिएको छ । प्रधानन्यायाधीश जबराको स्वास्थ्य स्थिर रहेको अस्पताल स्रोतले बताएको छ ।

केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीश जबरामा कोरोना संक्रमण भएको हुनसक्ने आंकलन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !