८ बैशाख २०८१, शनिबार

देशभर थप ७७६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२८४ जनामा पिसिआर परिक्षण गर्दा ६७३ जना र २५८० जनामा एन्टीजेन परिक्षण गर्दा १०३ जना गरी ७७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८८ हजार ८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३६१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १८५ जना, ललितपुर जिल्लामा ३३ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख ७६ हजार ७९६ पिसिआर परीक्षण भएको छ भने ६ लाख ४६ हजार ६७२ एन्टीजेन परीक्षण गरिएको छ भने २१९ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख २१ हजार ४४९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६६ लाख ४७ हजार ३२२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !