२९ बैशाख २०८१, शनिबार

देशभर थप ७६४ जनामा कोरोना पुष्टि, १०३३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४६६ जनामा पिसिआर परिक्षण गर्दा ७१५ जना र १२२२ जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी ७६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७४ हजार १७३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२१० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २२९ जना, ललितपुर जिल्लामा ६८ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४२ लाख ७३ हजार ५३३ पिसिआर परीक्षण भएको छ भने ६ लाख ५ हजार ९३२ एन्टीजेन परीक्षण गरिएको छ भने २४१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १५ हजार ६१४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १४ हजार ४६१ जना होम आइसोलेसनमा र ११५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१३ जना आईसीयूमा र ११३ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८० लाख ४१ हजार ५९४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ४१ हजार ६३२ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !