१३ पुस २०८१, शनिबार

देशभर थप ११५८ जनामा कोरोना संक्रमण, १३१८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११६७२ जनामा पिसिआर परिक्षण गर्दा ९०४ जना र २३३१ जनामा एन्टीजेन परिक्षण गर्दा २५४ जना गरी ११५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६३ हजार ७३४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११११५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २७० जना, ललितपुर जिल्लामा ६९ जना र भक्तपुर जिल्लामा ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४१ लाख ८६ हजार १७५ पिसिआर परीक्षण भएको छ भने ५ लाख ७० हजार ७३६ एन्टीजेन परीक्षण गरिएको छ भने ३२८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १८ हजार ४२२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा र १२९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३६४ जना आईसीयूमा र १२० जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ६९ लाख ६० हजार ८२८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६२ लाख ५ हजार ७७० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !