७ बैशाख २०८१, शुक्रबार

देशभर थप १५६२ जनामा कोरोना पुष्टि, १५८९ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् । यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ। त्यस्तैगरी ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !