२ जेष्ठ २०८१, बुधबार

देशभर थप १२६८ जनामा कोरोना पुष्टि, २१९५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६७५३ जनामा पिसिआर परिक्षण गर्दा १०२४ जना र ३१२२ जनामा एन्टीजेन परिक्षण गर्दा २४४ जना गरी १२६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१९५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २५ हजार ६५१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०८१८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २८९ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ५२ हजार ९४२ पिसिआर परीक्षण भएको छ भने ४ लाख ८४ हजार ९४३ एन्टीजेन परीक्षण गरिएको छ भने २७४ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा र २१६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५५४ जना आईसीयूमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५५ लाख ११ हजार ९२९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४८ लाख ६३ हजार ८३५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !