७ मंसिर २०८१, शुक्रबार

गण्डकी प्रदेशमा एकैदिन ९ जना जना कोरोना संक्रमितको मृत्यु


नेपाल कोरोना मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन ९ जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६८ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित तनहुँ, म्याग्दी र पर्वतका १-१ जना छन् । गण्डकीमा अझै ४ हजार ६१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।जसमध्ये २ सय ८९ जना अस्पतालमा उपचाररत रहेका छन् ।

अस्पतालमा उपचाररत सक्रिय संक्रमितमध्ये अधिकांशको अवस्था गम्भीर छ । उनीहरुको हाइफलोयुक्त शय्यामा उपचार भइरहेको छ । निर्देशनालयका आपतकालीन कार्य सञ्चलालन केन्द्रका अनुसार पछिल्लो २४ घन्टामा ३ सय २८ जनामा संक्रमण पुष्टि हुँदा ५ सय ५६ जना संक्रमित निको भएका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !