२० पुस २०८१, शनिबार

देशभर थप ३४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११८३९ जनामा पिसिआर परिक्षण गर्दा २६१३ जना र ४९९९ जनामा एन्टीजेन परिक्षण गर्दा ७९० जना गरी ३४०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ८९ हजार १७३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०३९६ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७११ जना, ललितपुर जिल्लामा १६० जना र भक्तपुर जिल्लामा १२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख ९१ हजार ६९ पिसिआर परीक्षण भएको छ भने ४ लाख १२ हजार ४९४ एन्टीजेन परीक्षण गरिएको छ भने ४५७ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३६ हजार ८०६ जना होम आइसोलेसनमा र ३५३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७७० जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४७ लाख ८५ हजार ९०२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३६ लाख ४९ हजार ७६० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !