५ जेष्ठ २०८१, शनिबार

देशभर थप ३२७४ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११५६५ जनामा पिसिआर परिक्षण गर्दा २४५६ जना र ६१२४ जनामा एन्टीजेन परिक्षण गर्दा ८१८ जना गरी ३२७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०३५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६७३ जना, ललितपुर जिल्लामा २१९ जना र भक्तपुर जिल्लामा १४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख ७९ हजार २३० पिसिआर परीक्षण भएको छ भने ४ लाख ७ हजार ४९५ एन्टीजेन परीक्षण गरिएको छ भने ४१५ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा र ३२९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७९० जना आईसीयूमा र १९१ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४७ लाख ६४ हजार ८५६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३५ लाख ८६ हजार ६७३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !