२० पुस २०८१, शनिबार

देशभर थप ३४५१ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १००९३ जनामा पिसिआर परिक्षण गर्दा २५६६ जना र ५५१८ जनामा एन्टीजेन परिक्षण गर्दा ८८५ जना गरी ३४५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४५८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०३२७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६७७ जना, ललितपुर जिल्लामा १६७ जना र भक्तपुर जिल्लामा ११७ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख ६७ हजार ६६५ पिसिआर परीक्षण भएको छ भने ४ लाख १ हजार ३७१ एन्टीजेन परीक्षण गरिएको छ भने ४०२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा र ३३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७९५ जना आईसीयूमा र १९७ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४७ लाख १६ हजार ९३६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३४ लाख ९० हजार ६५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !