७ बैशाख २०८१, शुक्रबार

एकैदिन ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११३५४ जनामा पिसिआर परिक्षण गर्दा २९७५ जना र ४९४४ जनामा एन्टीजेन परिक्षण गर्दा ११३२ जना गरी ४१०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख ५ हजार ७२ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६४ हजार ८५० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६१ हजार ६५१ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९९५७ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९०८ जना, ललितपुर जिल्लामा २०६ जना र भक्तपुर जिल्लामा १६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ४४ हजार ४७२ पिसिआर परीक्षण भएको छ भने ३ लाख ३६ हजार ८२३ एन्टीजेन परीक्षण गरिएको छ भने ३७८ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा र ३१९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७१४ जना आईसीयूमा र १५६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !