१५ बैशाख २०८१, शनिबार

देशभर थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८७१५ जनामा पिसिआर परिक्षण गर्दा १९१८ जना र ३९०१ जनामा एन्टीजेन परिक्षण गर्दा ९२० जना गरी २८३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख ७२ हजार ८७१ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ५१ हजार ५८४ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३६ हजार ४०२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९६३७ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४९० जना, ललितपुर जिल्लामा १२८ जना र भक्तपुर जिल्लामा ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३४ लाख ९५ हजार ६९ पिसिआर परीक्षण भएको छ भने २ लाख ७४ हजार ८६२ एन्टीजेन परीक्षण गरिएको छ भने ३०१ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा र २४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२७ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु