१६ जेष्ठ २०८१, बुधबार

देशभर थप १८०१ जनामा कोरोना पुष्टि, १६६७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६६२८ जनामा पिसिआर परिक्षण गर्दा १२२३ जना र ३००० जनामा एन्टीजेन परिक्षण गर्दा ५७८ जना गरी १८०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ६७ हजार १०९ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४८ हजार ९४० जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ३२ हजार ७४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९५५० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख ६९ हजार ६८५ पिसिआर परीक्षण भएको छ भने २ लाख ६२ हजार ८३१ एन्टीजेन परीक्षण गरिएको छ भने ३४० जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २२ हजार ८३४ जना होम आइसोलेसनमा र २६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५६१ जना आईसीयूमा र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !