१३ जेष्ठ २०८१, आइतबार

देशभर थप २३७० जनामा कोरोना पुष्टि, ११३३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७६८९ जनामा पिसिआर परिक्षण गर्दा १६९० जना र ३८९५ जनामा एन्टीजेन परिक्षण गर्दा ६८० जना गरी २३७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४४ हजार ३१९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११३३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख २१ हजार २७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९४०० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ पिसिआर परीक्षण भएको छ भने २ लाख ३८ हजार ६७२ एन्टीजेन परीक्षण गरिएको छ भने २९९ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा र २७६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५४९ जना आईसीयूमा र १६३ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !