१२ बैशाख २०८१, बुधबार

अमेरिकी राजदूत बेरीद्वारा प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण


अमेरिकी राजदूत बेरीद्वारा प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण

काठमाडौँ । अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका १५ लाख ३४ हजार ८५० डोज कोभिड-१९ खोप काठमाडौं आइपुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरे ।

एकपटक लगाए पुग्ने यो खोप १५ लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने काठमाडौँस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !