७ बैशाख २०८१, शुक्रबार

चीनबाट ४० लाख कोरोना खोप ल्याउने सम्झौता, असार २४ देखि हप्तैपिछे आउने


sinopharm vero cell corona vaccine

काठमाडौँ । नेपाल सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै सिनोफार्मसँग भेरोसेल खोप खरिदका लागि सम्झौता भएको जानकारी दिएका छन् ।

असार २४ गतेदेखि हप्तैपिछे खोपको आपूर्ति हुने गरिने जानकारी पनि प्रवक्ता डा. पौडेलले दिएका छन् । सरकारले यसअघि भएको सहमतिअनुसार सिनोफार्मसँग ४० लाख डोज भेरोसेल ल्याउने सम्झौता भएको हो ।

यद्यपि खोप खरिद मूल्यबारे खुलाइएको छैन । चीनसँग मूल्य नखुलाउने सहमति भएको एक उच्च अधिकारीले बताए । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न नमिल्ने मन्त्रालयका ती अधिकारीले बताए ।

नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएपछि खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन् ।

चीनबाट ४० लाख कोरोना खोप ल्याउने सम्झौता, असार २४ देखि हप्तैपिछे आउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !