५ जेष्ठ २०८१, शनिबार

कोरोना निको हुने दर ९३ प्रतिशत पुग्यो


कोरोना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० जनाको पिसिआर तथा तीन हजार ८५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अबधिमा देशभर ३३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नौहजार हजार १४५ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै सोही अबधिमा देशभर चार हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ । हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !