५ जेष्ठ २०८१, शनिबार

कोरोनालाई जितेर निको हुने दर ८०.८ प्रतिशत


कोरोना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा सात हजार २१९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस अवधिमा देशभर पाँच हजार ३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । पिसिआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमूना पिसिआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको उनले सुनाए । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख एक हजार ९९३ पुगेको छ । काठमाडौँ उपत्यकामा आजमात्र १ हजार ४५६ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !