७ जेष्ठ २०८१, सोमबार

चीनले दिएको थप ९ लाख मात्रा कोरोना खोप आइपुग्यो


चीनले दिएको थप ९ लाख मात्रा कोरोना खोप आइपुग्यो

काठमाडौँ । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड-१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । १० लाख खोपका मात्रामध्ये आज ९ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट १ लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत ८ लाख मात्रा खोप ल्याइएको होे ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए । उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो ।

बाँकी १ लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ती २ लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !