३ असार २०८१, आइतबार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै घट्यो, थप १०६ जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा १०६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

हिजो कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६८४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको थियो । अस्ति कोरोना संक्रमणबाट १६९ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !