३ असार २०८१, आइतबार

नेपाली सेनाका जर्नेल दिनेश केसीको कोरोना संक्रमणबाट निधन


दिनेश केसी

काठमाडौं । नेपाली सेनाका सहायकरथी (जर्नेल) दिनेश केसीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसी एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएर सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान ज्यान गएको हो । केहि समयदेखि अस्पतालमा रहेका उनको अवस्था जटिल बन्दै गएपछि भन्टिलेटरमा राखिएको थियो ।

सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्किएका हुन् । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट नेपाली सेनाका विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ । यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ ।

कोरोना संक्रमणबाट नेपाली सेनाले पहिलोपटक एक जना जर्नेललाई गुमाएको छ । उनका श्रीमती र दुई छोरी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !