३ असार २०८१, आइतबार

संक्रमित हुने भन्दा कोरोना जित्नेको संख्या धेरै : ६७१४ जनामा पुष्टि, ६७१६ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९०३० जनामा पिसिआर परिक्षण गर्दा ६६७७ जना र ३२२ जनामा एन्टीजेन परिक्षण गर्दा ३७ जना गरी ६७१४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७१६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ११ हजार ६०३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ६८४५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २९ लाख ७७ हजार ६५० पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ भने ८५३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२० जना होम आइसोलेसनमा र ८४५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १६७१ जना आईसीयूमा र ४३४ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !