![काठमाडौँ उपत्यका](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/122Kathmandu-Valley.jpg?fit=1280%2C640&ssl=1)
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १८६३ जना, ललितपुर जिल्लामा ४२७ जना र भक्तपुर जिल्लामा ३२३ जनामा कोरोना संक्रमण देखिएको छ ।