![मृत्यु](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Death_Mrityu769-8-1.jpg?fit=941%2C471&ssl=1)
पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १५ जनाको मृत्यु भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।