४ जेष्ठ २०८१, शुक्रबार

विराटनगरमा कोरोना संक्रमणवाट ६ जना पुरुषको निधन


नोबेल मेडिकल कलेज

विराटनगर । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट ३ जना वृद्धसहित ६ जनाको निधन भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा १ जना र नोबेल शिक्षण अस्पतालमा ५ जना गरी ६ जना कोरोना संक्रमितको १० घण्टाभित्रमा मृत्यु भएको हो ।

वैशाख २४ गते कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना विराटनगर महानगरपालिका–१८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार उनको मृत्यु आज सोमबार बिहान ३ः३० बजेतिर भएको हो ।

यस्तै नोबेल शिक्षण अस्पतालमा ३ वृद्धसहित ५ पुरुषको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार मृतकमध्ये २ जना प्रदेश २ को सिरहा र सप्तरी तथा ३ जना प्रदेश १ को सुनसरी, उदयपुर र विराटनगरका स्थायी बासिन्दा हुन् ।

त्यस्तै वैशाख १७ गते नोबेल शिक्षण अस्पताल भर्ना भएका सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको छ । यसैगरी सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुषको बिहान ८ः४५ बजेतिर मृत्यु भएको जानकारी प्रबन्धक दाहालले दिए । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागिगरिएको थियो ।

कोरोना संक्रमित भएपछि जेठ १ गते उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना भएका विराटनगर–४ का ४५ वर्षीय पुरुषको बिहान ४ः२० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

वैशाख २३ गते नोवेल अस्पताल उपचारका लागि भर्ना भएका सुनसरीको इनरुवा नगरपालिका-१ का ६२ वर्षीय वृद्ध पुरुषको आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमणले गम्भीर अवस्थामा रहेकोले थप उपचारको लागि वैशाख २५ गते नोवल अस्पताल भर्ना भएका उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको आइतबार राति १०ः३० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !