११ बैशाख २०८१, मंगलबार

कोरोना संक्रमणबाट बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मलाको निधन


निर्मला गच्छ्दार

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधन भएको छ ।

आज शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मलाको उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक संजाल फेसबुकमा लेख्दै आफ्ना मित्र बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मलाको निधनको खवरले मर्माहित भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !