१३ बैशाख २०८१, बिहिबार

एक महिनामा कोरोना संक्रमणवाट १६०८ जनाको निधन


मृत्यु

काठमाडौँ । वैशाखमा मात्रै कोरोनाबाट १६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट ३ हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर ४ हजार ६६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको सङ्ख्या ३ लाख ७ हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज ४ लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै १ लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !