७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको मृत्यु


विष्णुप्रसाद गैरे

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत गैरेको आज साँझ ६ बजे उनको निधन संघका महासचिव सुजि श्रेष्ठले बताए ।

अध्यक्ष गैरेलाई ९ दिन अघि कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई उक्त अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि हिजो बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नेपाल संघको अध्यक्षमा गैरे डेढ वर्ष अघि निर्वाचित भएका थिए । संघका अध्यक्ष गैरे केही समय अघि मात्रै नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !