२९ बैशाख २०८१, शनिबार

एकैदिन ८९६० जनामा कोरोना पुष्टि, ५०५५ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४७४ जनामा पिसिआर परिक्षण र ७७१ जनामा एन्टीजेन परिक्षण जम्मा २०२४५ जनामा परीक्षण गर्दा ८९६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ४४६६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २७ लाख १२ हजार ५६२ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ५ हजार २०६ जना रहेको छ भने ४९७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु