१८ बैशाख २०८१, मंगलबार

थप ८८५० जनामा कोरोना पुष्टि, ४०२२ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८७८७ जनामा पिसिआर परिक्षण गर्दा ८७७७ जना र ५०६ जनामा एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी जम्मा ८८५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ७४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०२२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख २ हजार ७८७ जना पुगेको छ । कोरोना संक्रमणवाट बिगत २४ घण्टामा ५२ जना र अन्य २६ जना गरी ८८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३७२० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २६ लाख ३४ हजार ५०७ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८८१६० जना रहेको छ भने ४१९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !