१२ आश्विन २०८१, शनिबार

८४१८ जनामा कोरोना पुष्टि, ३३७० जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७३१५ जनामा पिसिआर परिक्षण गर्दा ८२८७ जना र ९८९ जनामा एन्टीजेन परिक्षण गर्दा १३१ जनामा गरी जम्मा ८४१८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३७० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९८ हजार ७६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३६३२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २६ लाख १५ हजार ७२० जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८३४९३ जना रहेको छ भने ३९८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !