११ बैशाख २०८१, मंगलबार

कैलालीमा कोरोनाबाट आज बिहानै थप ४ जनाको मृत्यु


सेती प्रादेशिक अस्पताल

धनगढी । कैलालीमा आज बिहानै कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका-१ का ३८ वर्षीय पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका-१० की ३५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो । कोरोना पुष्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलाली स्रोतले जानकारी दिएको छ ।

त्यस्तै धनगढी-२ का ४३ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको आज बिहान ५ बजेको समयमा मृत्यु भएको हो । साथै कञ्चनपुरको भिमदत्त नगरपालिका-७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !