४ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमण दर २२८ प्रतिशतले वृद्धि, १ महिनामा करिव २ लाख पुग्ने


नेपालमा कोरोना संक्रमण दर

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर उच्च रहेको छ । नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा संक्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिइन् । उनका अनुसार यस हप्ता यहाँको संक्रमण दर भारतको जस्तै रहेको छ ।

गतवर्ष भारतमा नेपालको भन्दा १ महिनाअघि नै बढी संक्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको संक्रमणको दर एउटै रहेको उनले जानकारी दिइन् । “चार हप्तामा भारतजस्तै नेपालमा संक्रमणको दर छिटो छिटो बढेको छ”, उनले भनिन्, “नेपालमा भारतमा भन्दा बढी संक्रमण दर रहेको छ ।”

नेपाल भारतभन्दा दुर्त गतिमा संक्रमको दर बढिरहेको उनको भनाइ छ । भारतमा जस्तै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको उनले जानकारी दिए । संसारभरमा नेपाल अहिले संक्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाए ।

१ जनाले दुई जनाभन्दा बढीलाई संक्रमण सारिरहेको छ । आज मात्र ४ हजार ८९७ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा ३ लाख १२ हजार ६९९ जनामा संक्रमण, २ लाख ७९ हजार २७९ जना निको र ३ हजार २११ को निधन भइसकेको छ ।

१ महिनामा १ लाख ९३ हजार संक्रमित

उनका अनुसार यही दरमा सङ्क्रमण फैलिने हो भने १ महिनामा १ लाख ९३ जना संक्रमित हुनेसक्ने छन् । “एक वर्षमा जति सङ्क्रमित फेला पारेका थियौँ, सङ्क्रमित यही दरमा बढ्ने हो भने हामी तीन महिनामा विगत १ वर्षको संक्रमितको संख्या पुग्ने छ”, उनले भनिन्, “संक्रमणको सङ्ख्या मात्र होइन मृत्यु पनि त्यसरी नै बढ्ने छ, यही गति दरमा संक्रमण बढ्ने हो भने हामीले १०० देखि १५० मानिसलाई गुमाउनु पर्छ ।” आज १७ जनाको निधन भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !