![कोरोना](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/UK-Variqant-new-corona-virus.jpg?fit=1300%2C549&ssl=1)
चितवन । चितवन जिल्लामा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५८५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै १०३ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका २० जना, खैरहनी नगरपालिकाका ६ जना, माडी नगरपालिका २ जना, राप्ती, कालिका र इच्छाकामनाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।