७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि, २०८ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५३७ जनामा पिसिआर परिक्षण गर्दा ८३६ जना र ६२१ जनामा एन्टीजेन परिक्षण गर्दा ६४ जनामा गरी जम्मा ९०० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार ८१२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०७० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ३५ हजार ८४ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५००८ जना रहेको छ भने ७७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट वैशाख ३, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !