८ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पुष्टि, १३८ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३७८ जनामा पिसिआर परिक्षण गर्दा ४९६ जना र ७२७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जनामा गरी जम्मा ५५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०५३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३००६ जना रहेको छ भने ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, चैत्र ३०, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !