१३ बैशाख २०८१, बिहिबार

कोरोना जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । कोरोना जोखिम बढेपछि विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्यले शिक्षा मन्त्रालयलाई शैक्षिक संस्थाको विषयमा पत्राचार नै गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो समयमा फेला परेका कोरोना संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

१६ प्रतिशत बालबालिकामा कोरोना देखिएकाले विद्यालय खोल्न जोखिम रहेको स्वास्थ्य मन्त्रालयले भनेको छ । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् ।

शिक्षा मन्त्रालयले भने शैक्षिक संस्था सञ्चालन ढाँचा यसअघि नै तयार पारिएकाले स्थानीय तहले निर्णय गर्न सक्ने बताएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना जोखिम हेरेर स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका शैक्षिक संस्थाहरु बन्द गर्ने वा सञ्चालन गर्न सक्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा पनि सिफारिसमाथि छलफल हुने बताए । मन्त्री त्रिपाठीका अनुसार नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखिएकोले पठनपाठन भर्चुअल माध्यमबाट गर्न विद्यालयहरु बन्द गर्न सिफारिस गरिएको हो ।

वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर रहेको मन्त्री त्रिपाठीले बताए । स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने भएकोले विद्यालयका साथै सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु