१२ बैशाख २०८१, बुधबार

रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको आग्रह


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । नेपाल सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय र रेष्टुरेण्टहरू ९ बजेपनि बन्द गर्न आग्रह गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन बढेको भन्दै मन्त्रालयले रात्रीकालीन व्यवसाय बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले काठमाडौं लगायतका शहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ ।

देशभर कोभिड-१९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालिन व्यवसाय रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो । त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा १ हजार र साना शहरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिए आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ ।

घरबाहिर जाँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ । यस्तै, काठमाडौं, पोखरा लगायत ठुला सहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमण दर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउनु भनिएको छ ।

मानिसको भीड हुने स्थानमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ । जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।
रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको आग्रह
रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !