४ बैशाख २०८१, मंगलबार

पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७२७ जनामा पिसिआर परिक्षण गर्दा १२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार १२३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०३२ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १६१३ जना रहेको छ भने ५९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण पुष्टि, १६१ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !